धनगढी सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतको विषयगत समितिका सभापतिहरूको निर्वाचन कार्यतालिका प्रकाशन गर्न सभामुख भीमबहादुर भण्डारीले निर्देशन दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा उनले प्रदेश सभा सचिवालयका सचिवलाई निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका हुन् । प्रदेश सभाअन्तर्गतका सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति र अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापतिको पद रिक्त छ । यसअघि, सभापतिको निर्वाचन घोषणा गरिए पनि दलहरूबिच सहमति हुन नसकेपछि निर्वाचन स्थगित गरिएको थियो ।
सभामुख भण्डारीले स्थगित निर्वाचन प्रक्रिया सुचारु हुने गरी निर्वाचन कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका हुन् ।