धनगढी: नेकपा एमाले सुदुरपशिचम प्रदेश ससंदिय दलका नेता राजेन्द्र सिहं रावलले बाह्य शक्तीहरुसगं मिलेर केही लोकप्रियतावादी र पुर्नउत्थानवादी शक्तीहरु नेपालको लोकतान्त्रीक, गणतन्त्र सहितको सबिंधान माथी प्रहार गरिरहेको बताएका छन् । पुर्व मुख्यमन्त्री समेत रहेका रावलले सुदुरपश्चिम प्रदेससभाको पाँचौ अधिवेशनको १३ औँ बैठकमा बोल्दै रावलले यस्तो प्रहार बिरुद्ध सत्ता समिकरणमा रहेका दलहरुले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । मुलुक हाल आज राष्ट्रिय रुपले देश अत्यन्त जटिल परिस्थतिबाट गुज्रिरहेको बताउँदै रावलले संघीय लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्था जसले संघीयता, लोकतन्त्र, समावेशिता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी निर्वाचन प्रणाली, विधिको शासन जनताको सार्वभौम सत्ताको प्रत्याभुतिका साथै मौलिक हक अधिकारहरुको ग्यारेण्टी समेत गरेको लोकतान्त्रिक व्यवस्था सहितको संविधान माथि केहि त्यस्ता शक्ती लागेको दावी गरे ।
यो प्रहार साईबर आक्रमण, झुटा समाचार र आर्टिफिसियल इन्टेलिजेन्स (ए–आई) को प्रयोग मार्पmत राष्ट्रियता, सार्वभौमसत्ता, स्वाभिमान र स्वाधिनता माथिको आक्रमणका रुपमा प्रकट भएको छ रावलले भने “यस्तो विषम परिस्थितिलाई मध्यनजर गरेर देशका प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) तथा अन्य वर्तमान गठबन्धनमा रहेका राजनीतिक शक्तिहरुले राष्ट्र जोगाउने र समृद्धिको अभियानलाई अग्रगति दिन गठबन्धन निर्माण गरेको छ । साथै यस गठबन्धनको निर्माण संगैं अस्थिरताको अन्त्य भएको छ । सुदूरपश्चिम प्रदेशमा समेत उक्त राष्ट्रिय र प्रादेशिक गम्भीर जिम्मेवारी र चुनौतीको सामना गर्दै जन उत्तरदायित्वको अभिभारा र स्थिर सरकार सहितको आत्मनिर्भरता उन्मुख समृद्ध सुदूरपश्चिमको लक्ष्य भेदन गर्नु पर्ने दिशाबोध सहित वर्तमान सरकार दृढतापुर्वक अघि बढ्दै छ ।”
सुदूरपश्चिम प्रदेश आफ्नो विशिष्ठ भौगोलिक, सांस्कृतिक रुपले परिचित छ उनले भने “त्यसका लागि समावेशी, दिगो र अग्रगामी सोचहरु आवश्यक छन् । वर्तमान गठबन्धन सरकारले यस प्रदेशका विविध वर्ग, समुदाय, जातीय र सांस्कृतिक समुहहरुका आवाजहरुको प्रतिनिधित्व गर्दछ । यो नै हाम्रो प्रदेशको लोकतान्त्रिक तथा सहकार्य र समझदारी संस्कृतिको घोतक हो ।”
म यहाँ मार्पmत सदनमा उपस्थित सम्पूर्ण सभासद ज्यूहरुलाई आब्हन गर्न चाहन्छु कि, आउनुहोस्, हाम्रा बीचका राजनीतिक भिन्नताहरुलाई पन्छ्याउदै प्रदेश र जनताको बृहत्तर हितका लागि एकताबद्ध भई अगाडी बढौ उनले भने “सु.प.का जनताले हामीलाई दिएको विश्वासलाई सार्थक तुल्याउन उनीहरुका आकांक्षाहरुको परिपुर्तीका लागि अगाडी बढौ । विकास, प्रगति र समृद्धी तब मात्र सम्भव छ जब हामी सामुहिक आकांक्षाहरु अधिनस्त नीजि आकांक्षाहरुलाई राख्न सफल हुन सक्दछौ ।”
रावलले म र मेरो दल वर्तमान गठबन्धन सरकार प्रति अटल विश्वास र सहयोग तथा प्रदेशको समग्र विकासका लागि हाम्रा साँझा प्रतिबद्धताहरु प्रति दृढ संकल्पित रहेको स्पस्ट पारे । उनले भने “अतः आउनुहोस् समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा अन्र्तगत आत्मनिर्भरता उन्मुख, समृद्ध सुदूरपश्चिमको यो यात्रालाई तय गर्न समृद्धी, समावेशिता र लचकता सहित एउटा यस्तो प्रदेश निर्माण गरौँ जसलाई घर भनि आउने सन्ततीले गौरवको अनुभुति गरुन् ।”