धनगढी: धनगढीका युवा ब्यवसायी घनश्याम भट्ट नेतृत्वको टोलीलले शुरु गरेको ‘दिन पुगोस, खान पुगोस’ अभियान अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नम्बर १८ को नर्मदेश्वर संस्कृत आधारभुत बिद्यालय र फुलवारीकै बिपन्न परिवारलाई न्यानो लुगा सहयोग गरिएको छ । नर्मदेश्वर संस्कृत आधारभुत बिद्यालयमा अध्यायनरत ३२ जना बिद्यार्थीहरुलाई न्यानो लुगा वितरण सगैं फुलवारी क्षेत्रका ५ परिवारलाई एक, एक थान सिरक सहयोग गरिएको हो । मंसिर १५ गतेबाट शुरु भएको अभियानले हालसम्म बिपन्न तथा आश्रित नागरिकलाई कम्मलका साथै बिभिन्न बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रम जारी छ ।
साथै “खान पूगोस् दिन पूगोस् “ अभीयान यो समाज मा सभ्य र सहयोगी समाज नीर्माण मा सधै लागी रहने सयोंजक भट्टको भनाई छ । चीसो अवधी भरि अती विपन्न परिवार लाइ लक्षित गरि न्यानो कपडा वितरण अभियान जारी रहने उनले जानकारी दिए । समस्यामा रहेका परिवार र बिद्यार्थीलाई सहयोग सगैं यस अभियानले संस्कृती संरक्षण तथा आपसी सद्भाव र सहयोगी भावनालाई समेत उजागर गर्न खोजेको भट्टले बताए ।
हालसम्म धनगढी स्थित निङ्लाशैनी गूरूकूल संस्कृत वीधापीठ लाई ५ थान कम्मल ,दृष्टि फाउंडेशन लाइ ५ थान कम्मल, नेपाल अपांगसंघ खगेन्द्र नवजीवन धनगढीलाइ ५ थान कम्मल, आमा को माया छात्रावास धनगढीलाई ५ थान कम्मल, मानवसेवा आश्रम धनगढीलाइ ५ थान कम्मल तथा धनगढी –१३ का ६ वीपन्न परिवार लाइ ६ थान कम्मल वितरण गरिएको छ ।
यस्तै धनगढी १३ स्तित भगवती आधारभूत वीद्यालय अध्ययनरत ५० जना, धनगढी ३ स्थित शीव पार्वती आधारभूत वीधालयका ६४ जना, धनगढी १२ स्थित वेहडावावा आधारभूत वीधालयमा अध्यायनरत १३७ जना, धनगढी ११ स्थित बेला आधारभूत वीधालयका १२० जना, गोदावरी ९ सेहरी स्थित सरस्वती माध्यमिक वीधालयका ४५ जना बिद्यार्थीलाई स्वीटर टोपी र झोला वितरण गरिएको अभियानका संयोजक घनश्याम भट्टले बताए ।
यस अभियानमा बिभिन्न ब्यवसायी तथा समाजसेवी जोडिने क्रम जारी छ । जसबाट न्यानो लुगा बिना हिउँद काट्नुपर्ने बाध्यताका बालबालिकालाई राहत पुगेको छ ।