धनगढी । कैलालीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । बर्दगोरिया, लम्कीचुहा र टीकापुुरमा भएका दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । बर्दगोरिया गाउँपालिका–१ मुडा बस्ने २९ वर्षीय सुवेन्द्रराज कठरीयाले चलाएको सुपप्र ०१००९ प ४४९९ को मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । दुर्घटनामा चालक र नाम नखुुलेकी उनकी श्रीमती सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यस्तै, लम्कीचुहा नगरपालिका–६ स्याउलेमा भे ५ प ४७७४ को मोटरसाइकल अनिन्त्रित भएर दुुर्घटना हुँदा चालक अशोक चौधरी बेहोस् भएका छन् भने उनकी श्रीमती सामान्य छिन् । टिकापुर नगरपालिका–६ आमबासामा जानकी गाउँपालिका–३ सुर्वणपुुर ३० जयराज चौधरीले चलाएको भे १ ह ८९८१ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुुर्घटना भएको छ । दुुर्घटनामा उनका ६ वर्षीय छोरा सनमको हात भाँचिएको छ । उनलाई उपचारका लागि कोहलपुुर लगिएको छ ।