धनगढी । धनगढीको रुवस होटलका सञ्चालक प्रकाशचन्द्र भट्टलाई पितृशोक परेको छ । पर्यटन व्यवासायी समेत रहेका भट्टका बुवा रघुनाथ भट्टको बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।
मृतक भट्टको आजै अन्त्येष्टि गरिने भएको छ । धनगढी उपमहानगरपालिका ५ तारानगरबाट निवासबाट दिउँसो १२ बजे गोदावरी आर्यघाटका लागि महाप्रस्थान यात्रा निकालिने परिवारले जनाएको छ।