धनगढीः कैलालीमा ११ जना जुवाडे पक्राउ परेका छन्।
जिल्लाको बर्दगोरिया गाउँपालिका-३ खैरेनीमा ३४वर्षीय जिवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जना पक्राउ परेका हुन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय बौनियाँबाट खटिएको प्रहरी टोलीले नगद ६२ हजार ८५५ र ७ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। सो सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।