धनगढी । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले धनगढीमा आफ्ना पार्टीका नेता कार्यकर्ताहरूसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्तिबारे टिप्पणी गरेका छन् ।
धनगढीको डिभोटी होटेलमा आर्थिक मामिला मन्त्री बहादुर थापा, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, आधा दर्जन बढि प्रदेश सभा सदस्यहरूबिच गृहमन्त्री लेखकले प्रधानमन्त्री दिएको अभिव्यक्तिबारे प्रस्ट पारेका थिए । प्रधानमन्त्री ले अहिल्यै त्यसो नभन्नु भएको भएपनि हुन्थ्यो । तर, संविधान संशोधन नगर्ने भन्दा पनि त्यो भन्दा पहिल्यै राष्ट्रिय सभामा बहुमत नपुग्ने भन्दै ०८७ मा संविधान संशोधन हुन्छ भन्नु भएको हो ’ लेखकले आफ्ना पार्टीका सांसद र मन्त्रीहरूलाई बताएका थिए ।
एमालेको केन्द्रीय कमिटी बैठकमा पुस २३ गते ओलीले संविधान संशोधन ०८७ मा मात्रै हुने बताएका थिए । कांग्रेस–एमालेबीच असार १७ गते भएको सातबुँदे सहमतिमा संविधान संशोधन गरिने उल्लेख छ । तर, प्रधानमन्त्रीले ०८७ मा मात्रै संविधान संशोधनको कुरा गरेपछि अहिले विपक्षी दलहरूमा मात्रै होइन काङ्ग्रेसभित्रै पनि तरङ्ग फैलिएको छ।
दुई दिनका लागि सुदूरपश्चिम आएका लेखकले शुक्रवार बिहान चिया भेटघाटका क्रममा आफ्ना सांसदहरूलाई प्रधानमन्त्रीको नियत संविधान संशोधन नगर्ने तर्फ नगरेको स्पष्ट पार्दै बहुमतका कारण अहिल्यै हुन नसक्ने जिकिर गरेको स्पष्ट परेका थिए ।
गृहमन्त्री लेखकलाई प्रदेश सभा सदस्य पदम बहादुर शाहीले संविधान संशोधनका विषयमा पहिल्यै पार्टी स्पष्ट हुनुपर्ने बताएका थिए । उनले प्रदेश बलियो बनाउने गरि र आर्थिक भार कम गर्नेगरि संविधान संशोधन हुनुपर्नेमा जोड दिए ।
कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले प्रदेश बलियो बनाउनु पर्नेमा र गठबन्धन टिकाउनु पर्नेमा जोड दिएका थिए ।‘ प्रदेश सांसद मानबहादुर रावलले पनि जनताले सुशासन र विकास खोजिरहेको बताएका थिए । भेटमा केही सांसदहरू बाहेक अधिकांशले आफ्नो धारणा राखेका थिए । उनीहरु मध्ये धेरैले संविधान संशोधनका विषयहरू प्रस्ट हुनुपर्ने बताएका थिए । पूर्व मन्त्री प्रकाश देउवा, मधु भारती लगायत त्यहाँ केही बोलेनन् ।
आफू गृहमन्त्री भएपनि नेता कार्यकर्ताहरूसँग केही टाढा भएको जस्तो आभास भएको, फोन समेत उठाउन नपाएको भन्दै गृहमन्त्री लेखकले सुरुमै प्रस्टीकरण दिएका थिए ।
उनले प्रधानमन्त्रीको बोलीको बचाउँदै गर्दै संविधान संशोधनमा विषयमा छलफलहरू भइरहेको स्पष्ट पारेका थिए। यो गठबन्धन आगामी निर्वाचनसम्मै जाने गृहमन्त्री लेखकको दाबी रहेको थियो ।m एमालेसँग सत्ता गठबन्धन गरेर सरकार सञ्चालन भइरहे पनि प्रतिस्पर्धी पार्टी हो भन्ने भुल्न नहुने तर्फ पनि गृहमन्त्री लेखकले सङ्केत गरेका थिए ।