धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रेबिज लागेर एक युवकको मृत्यु भएको छ। जिल्लाको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवकको रेबिजका कारण यही पौष २२ गते मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रादेशक स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। चार महिनाअघि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको जनाइएको छ ।