धनगढी: भारतिय पत्रकार श्रीनाथ शुक्ला र अभयप्रताप सिंह लगायतलाई कैलालीमा नेपाली ढाका टोपि सहित स्वागत गरिएको छ । भारतीय पत्रिका अमृत विचार दैनिकका महाप्रबन्धक श्रीनाथ शुक्ला र दैनिक जागरणका उपप्रबन्धक अभयप्रताप सिंहलाई नेपाल पत्रकार महासघं कैलालीले ढाका टोपि सहित स्वागत गरेको हो । नेपाल पत्रकार महासघं कैलालीकै कार्यालयमा एक कार्यक्रम आयोजना गरी पत्रकार सहित उहाँहरुका परिवारलाई स्वागत तथा सम्मान गरेको हो ।
पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाले भारतिय पत्रकारद्वयलाई नेपाली ढाका टोपि लगाएर स्वागत तथा सम्मान गरेका थिए । स्वागत गर्र्दै देउवाले सुदुरपश्चिम देवभुमी रहेकाले यहाँ थुप्रै घुम्न लायक ठाउँ रहेको बताएका थिए । नेपालमा पर्यटक आवागमनका लागी सहज वातावरण रहेको बताउँदै अध्यक्ष देउवाले सुदुरपश्चिममा भारतिय पर्यटकलाई भित्र्याउन भारतिय सञ्चार माध्यमले भुमिका खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै अमृत विचार दैनिकका महाप्रबन्धक श्रीनाथ शुक्लाले नेपाली पत्रकारहरु सगं सहकार्य गर्दै यहाँको पर्यटन बिकासमा भुमिका खेल्ने बताए । पत्रकार महासघं कैलाली र लखिमपुर पत्रकार बिच समन्वय र सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासघं कैलालीकी उपाध्यक्ष भावना जोशीले स्वागत मन्तब्य राखेकि थिइन् भने, कार्यक्रमको सञ्चालन सह(सचिव शकंर बोहराले गरेका थिए ।