धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध खैरो हेरोईन मुद्दामा १ महिना ९ दिन कैद सजाय र २ हजार जरिवाना तोकेपछि फरार रहेका धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय सुनिल राना पक्राउ परेका छन्। रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।