धनगढी: नेपाल ट्रेड युनियन महासघं (जिफन्ट) का अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकहरुको सामाजिक शुरक्षा भत्ता लागु गराउनु मजदुर आन्दोलनको सफलता रहेको बताएका छन् । सयुंक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश समन्वय समिति सुदुरपश्चिमले धनगढीमा आयोजना गरेको प्रदेश स्तरिय श्रम सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले सरकारी जागिरबाट अवकास पाएका कर्मचारी जस्तै २०७६ सालदेखी सामाजिक शुरक्षा कोष लागु भएर देशभरी ५ सय ८७ जना मजदुले सामाजिक शुरक्षा भत्ता पाइरहेको बताए ।
हाम्रो २०५८ सालदेखीको आन्दोलनले २०७६ सालमा सफलता पाएको थियो अध्यक्ष श्रेष्ठले भने “सबै यो कार्यक्रममा जोडिनुभएको छैन होला तर धेरै जोडिनुभएको छ, अझँ जोडिनुहोला, मजदुरीकै बेला स्वास्थ्यमा समस्या आयो, अगं भगं भयो अथवा कुनै अप्रिय घटना भयो लगायतका समस्या पछि जिवन जिउनै मुस्किल हुनथ्यो र अहिले त्यस्तो मजदुर तथा परिवारलाई सामाजिक शुरक्षा भत्ताको ब्यवस्था गरिएको छ, त्यसले दैनिकि चलाउन सहज भएको छ, यो हामी सबै मजदुरका सघंठनहरुको सफलता हो ।” एक्ला एक्लै कुदेर कोही फस्ट हुँदैनौँ भन्ने ठाउँमा पुगिएको उनले बताए । म भनेर नभई हामी भनेर मजदुुर आन्दोलन सफल बनाउन सबै एक भएर अगाडी बढ्नुपर्ने उनको भनाई छ । अझँ मजदुर आन्दोलन बाँकी छ हाम्रै आन्दोलनले देश सम्बृद्ध बन्छ उनले भने “हामी पाइला चाल्दैछौँ, हजार माइल टाढा पुग्न शुरुवात एक पाइलाबाटै हुन्छ, हामी लडेका हौँला मरेका छैनौँ, यो आन्दोलनलाई सफल बनाएरै छोड्ने छौँ ।”
कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन महासघं (जिफन्ट)का सहकारी बिभाग प्रमुख देव बहादुर बमले मजदुरले अब अधिकार मात्रै होइन आफ्नो कर्तब्यपनि पुरा गर्नुपर्ने बताए । नेपाल सरकारले कृर्षीमा थुरै अनुदान दिइरहेको बताउँदै उनले मजदुर क्षेत्रमापनि बिभिन्न कार्यक्रम आउँदा समेत बजेट फ्रिज गएको बताए । साथै स्थानिय तहका कार्यक्रम समेत कार्यान्वयन हुन नसकेको उनले बताए । देशभरी सहकारी डुवेका छन् तर धनगढीमा रहेको नवजिवन सहकारी संस्थाले अहिले ३५ हजार बढी सदस्य बनाएको छ उनले भने “हामीले मजदुरहरुलाइपनि सहकारी सगं जोडेका छौँ, किन भने नवजिवन जन्मदेखी मृत्युसम्म छ, बच्चा जन्मिदा, सदस्य बिरामी हुँदा, र मृत्यु हुँदा सम्म नवजिवनले आवश्यक आर्थिक सहायता गर्ने गर्दछ, त्यस कारण हामीले सदस्यमैत्री निति बनाएजस्तै यहाँ मजदुरमैत्री निति बन्नुपर्छ, हामीसगं जोडिएका कार्यालय सगं समन्वय, सहकार्य गरौँ ।”
सयुंक्त ट्रेड युनियन समन्वय केन्द्र प्रदेश समन्वय समिति सुदुरपश्चिमका संयोजक ज्ञानेन्द्र शाहको अध्यक्षतामा आयोजित प्रदेश स्तरिय श्रम सम्मेलमा बिभिन्न ट्रेड युनियनका केन्द्रिय तथा प्रदेश र जिल्ला तहका नेता कार्यक्रताहरुको सहभागिता थियो ।