बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम नाथ चयन भएका छन् । शुक्रबार जिल्ला सदरमुकाममा सम्पन्न भएको प्रथम जिल्ला भेलाले नाथको नेतृत्वमा सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरेको हो । जिल्ला कार्यसमितिको उपसभापतिमा इन्जिनियर हेमन्त ऐर, सचिवमा हरिप्रसाद जोशी, सहसचिवमा हिक्मतबहादुर कठायत चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मानमती नाथ,सुरेश बिष्ट,गणेश भण्डारी, अनिता धामी र मनिदत्त ओझा चयन भएका छन् । जिल्ला भेलामा केन्द्रीय सदस्य विजय जैरु, केन्द्रीय सदस्य जनक धामी, निती मन्थन विभाग सदस्य भोजराज जोशी र प्रदेश सह–महामन्त्री गणेश बोहरा लगायतको सहभागिता रहेको थियो ।