धनगढी । कैलाली र कञ्चनपुुरमा ७ लाखको अवैध सामान बरामद गरिएको छ । कैलालीबाट तीन लाख ५९ हजार र कञ्चनपुुरका विभिन्न स्थानबाट तीन लाख ७४ हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयकाअनुसार धनगढी उपमहानगरपालिका–१ शान्तीनगर, वडा नम्बर २ को आदर्श चोक, वडा नम्बर १० जुगेडा, गोदावरी नगरपालिका–४ गोदावरी हनुमान मन्दिर नजिक, भजनी नगरपालिका–३ कांडापुल र टिकापुर नगरपालिका– ९ वालुवाटारबाट अवैध सामान बरामद गरिएको छ ।
प्रहरीले तीन लाख ५९ हजार १३० रुपैयाँ बराबरको प्याज, चिनी, बदाम, हरियो खुर्सानी, आलु, सरप, बिडी, सुर्ती, काजु, मख्खन, प्लाष्टिक झिल्ली, डिस्पोजल गिलास, टोकरी, वाटर पम्प, मास्टर पिल्लर, मोटरसाईकलका बिभिन्न पाटपुर्जा, बिभिन्न कम्पनीका मोबायलका डिस्प्ले, सिद्रा माछा, किराना लगायतका सामानहरु बरामद गरेको हो । यस्तै, भिमदत्त नगरपालिका– १० को जिमुवा जाने बाटो र बेलौरी नगरपालिका–२ दिनापुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका तीन लाख ७४ हजार बराबरको मोबाईलका टेम्पर ग्लास, मोबाईल कभर, डिस्प्ले, बोईलर कुखुरा, माछा लगायतका सामानहरु बरामद गरिएको छ ।