कञ्चनपुरः कञ्चनपुुरबाट २ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले करिब १ लाख ४० हजार ३ सय र अस्थाइ प्रहरी विट सुकासालले करिब १ लाख १७ हजार २१५ गरि जम्मा २ लाख ५७ हजार ५१५ मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
उक्त मुुल्य बराबरको भन्सार छलीका हार्डबेयका सामान, जुत्त, कपडा, दाल, चिनी र मिठाई फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ।