कैलाली । पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशमा ८ सदस्य निर्विरोध भएका छन् । सोमबार नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम समितिको निर्वाचन उम्मेदवारहरूको नामावलीमा तोकिएको उम्मेदवार संख्यामा तोकिएकै संख्यामा उम्मेदवारी परेपछि ८ सदस्य निर्विरोध भएको हो ।
तीन जना तोकिएको महिला सदस्यमा दुर्गा देवकोटा,भुवनेश्वरी कुमारी शाही र सन्तोषी रावल निर्वाचित भएका हुन् । सदस्य दलितमा प्रदीप मलासी, आदिवासी जनजातिमा छविलाल चौधरी र भीम बहादुर चौधरी निर्विरोध हुँदा सदस्य मधेसीमा सागर कुस्मी र अल्पसङ्ख्यक अपाङ्गतामा नहकुल देवी जिसी निर्विरोध भएका छन्।