धनगढीः धनगढीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालका–२ शिसा पोष्ट, धनगढी उपमहानगरपालका–३ चटकपुर र बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६२ हजार १७० बराबरको सामान बरामद गरिएको हो।
भन्सार छलीका चिनी, मिठाई, बिडी, सुर्ती, सरप, ट्याक्टरको साईट लाईट, साईकलको पाईडल, साईकलको पाना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बिहीवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।