बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा भईरहेको उपनिर्वाचनमा ३३ प्रतिशत मत खसेको छ । उपाध्यक्ष चयनका लागि उत्सापूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार बिहान साढे ७ बजेदेखि सुरु भएको मतदान शान्तपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिएका छन् । उपाध्यक्ष चयनका लागि ५ वटा मतदान स्थलमा ९ वटा मतदान केन्द्रहरु तोकिएका छन् ।
स्वामीकार्तिक खापर गउँपालिकामा नेकपा एमालेबाट सुलोचना भण्डारी (बुढा), नेपाली काँग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदद्वारा छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले नेकपा एमालेका उम्मेद्वार सुलोचना बुढालाई सहयोग गर्ने गरी फिर्ता लिएकी हुन् । हालसम्म सबै मतदान केन्द्रमा मतदान भयरहित वातावरणमा सञ्चालन भईरहेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् ।
०७९ सालको स्थानिय निर्बाचनमा नेपाली काँग्रेशबाट मैना जोशीले १ हजार ८ सय १० मतप्राप्त गरी बिजयी भएकि थिईन । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुलोचना बुढाले १ हजार ६ सय ३७ मत प्राप्त गरेकि थिईन । स्वामीकार्तिख खापर गाउपालिका वडा नम्वर १ मा १ हजार ७ सय २६, वडा नम्वर २ मा १ हजार ३ सय ३८, वडा नम्वर ३ मा २ हजार ७३ जना रहेका छन । त्यसै गरी वडा नम्वर ४ मा १ हजार ४ सय १५, वडा नम्वर ५ मा ९ सय ८ जना गरी जम्मा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्न पाउनेछन ।