धनगढी: नेकपा एमालेकी पोलिट्ब्युरो सदस्य लिला भण्डारीले दुई दल मिलेर एउटै कम्युनिस्ट पार्टी नेकपा बनाउने भन्दै माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल (प्रचण्ड) एमालेलाई सिद्याउन आएको बताएकि छिन् । नेकपा एमाले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को. दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले प्रचण्ड एमालेसगं मिल्न नभई निल्न आएको बताएकि हुन् । देशमा एउटै कम्युनिस्ट पार्टी छ भन्ने कुरा सबैलाई थाहा छ भण्डारीले भनिन् “नेपालमा एमाले बाहेक अन्य कम्युनिस्ट पार्टी हुनै सक्दैनन् भन्ने बिश्वलाई थाहा छ, अनी एमाले दक्षिण एशियामै उत्कृष्ठ पार्टी बन्ने गतिमा थियो त्यतिबेला एमालेलाई सिद्याउने चलखेल गरेर प्रचण्डले कम्युनिस्ट पार्टी बनाउने सपना देखाएर मिल्न आउनुभएको थियो तर त्यो मिल्न नभई निल्न चाहान्थे भन्ने अहिले प्रमाणित भएको छ ।”
गरिब, दिन दुखीको साहारा एक मात्रै पार्टी एमाले र त्यसको नेतृत्व केपी सर्मा ओली हुनुहुन्थ्यो तर त्यो देख्न नसक्ने पार्टी भित्रै देखिए भण्डारीले भनिन् “पार्टी सिद्याउन प्रचण्ड त आउनुभएको थियो तर कुनै बिमती बिना माधवले नेपाल उनकै सती गएर कम्युनिस्ट आन्दोलनलाई सिद्याउन मद्दत गर्नुभयो जसका कारण हामीले सोचेको कम्युनिस्ट आन्दोलन पुरा गर्न सकिरहेका छैनौँ, त्यो आन्दोलन पुरा गर्न २०८४ मा वडा, पालिका, प्रदेश र सघंको नेतृत्व एमालेले गर्नुपर्छ, त्यसमा सबै नेता कार्यक्रता लाग्नुपर्छ ।” कम्युनिस्ट आन्दोलनलाई पुरा गर्ने भन्दै पार्टी सिद्याउन त्यो बेला लागेकाहरु अहिले बाहिरबाट एमाले माथी आक्रमण गर्न खोजिरहेको भण्डारीले बताइन् । पार्टी फुटाएर समेत एमाले देशको दोश्रो ठुलो दल बन्दा प्रचण्ड र माधव नेपाल जस्ताहरुको टाउको दुखाई बनेको उनि बताउछिन् ।
अहिले एमाले देशको ठुलो शक्ती भइरहँदा ति पात्रहरु सगैं अन्य देशी बिदेशी शक्ती लागिरहेको भण्डारीले बताइन् । त्यतिबेला पार्टी एकता भन्दै निल्न आउने अहिले रबी लामिछाने र दुर्गा प्रसाई जस्ताहरु परिचालित गराएर एमालेलाई बदनाम गराउने षणयन्त्र भइरहेको छ भण्डारीले भनिन् “काम नगर्ने हल्ला गरेर आरोप थुपार्नेहरु धेरै लागेका छन्, सवतन्त्रका नाममा जथाभावी गर्ने बालेनले कार्यक्रम नसकिदै जरिवाना काट्ने जस्ता अमर्यादित ब्यवहार देखाएर एमालेका बिरुद्ध परिचालित भएको प्रमाणित गरेको छ, त्यस कारण यि यस्ता पात्रहरुलाई ८४ को निर्वाचनबाट परास्त गरी तिनै तहको नेतृत्व एमालेले गर्ने खालको टिम वडाबाटै बनाउन सबैलाई अनुरोध गर्दछु ।”
कार्यक्रममा बोल्दै नेकपा एमाले सुदुरपश्चिम प्रदेशका सचिव रण बहादुर चन्दले अहिले काम नगर्ने र बिना काममा स्टण्डबाजी गर्नेहरु समाजमा हावी भएको बताए । काम कति भयो होइन खाली स्टण्डबाजीका पछाडी बढिरहेको हुलले देशलाई निकास दिन नसक्ने उनको भनाई छ । मिशन ८४ मा सबै तह एमालेले नेतृत्व गरे मात्रै गरिब, निमुखा, दलित, जनजातीले न्याय पाउने उनको भनाई छ । अहिले पदका लागी पदमा नबसी काम गर्न सक्नेलाई जिम्मेवारी दिन उनले निर्देशन दिए ।
नेकपा एमाले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का कार्यबाहक अध्यक्ष दान बहादुर चन्दको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य धर्म पाठक, एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुगांना, एमाले सुदुरपश्चिम प्रदेश कमिटि सदस्य नेपालु चौधरी, सत्यराज स्नेही, तिर्थ भट्टराई कैलाली जिल्ला उपाध्यक्ष लोकेन्द्र शाही, उप सचिव चुडामणी भट्ट लगायतले मन्तब्य राखेका थिए ।