धनगढी: जैविक विविधतासँगै पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको घोडाघोडी तालको महत्वसँगै यहाँको धार्मिक महत्व पनि उत्तिकै छ । यहाँ विभिन्न पर्व तथा तीथिमा धार्मिक मेला महत्वसवका साथै बाह्रै महिना मन्दिरको दर्शन पूजापाठ गर्न पर्यटक आउँछन् । घोडाघोडी मन्दिरमा बिवाह, ब्रतवन्धलगायत धार्मिक कर्मकाण्डहरुसँगै यहाँका स्थानीयको बलियो आम्दानीको स्रोत पनि बनेको छ । शनिबार घोडाघोडी मन्दिरमा २३ जोडीको बिवाह सम्पन्न भएको छ । मन्दिरकै आम्दानीबाट गुरुकुल सञ्चालन गरिएको गुरुकुलका प्राचार्य शंकरप्रसाद संज्यालले बताए ।
उनले शनिबार एउटै मण्डपमा २३ जोडीको बिवाह सम्पन्न भएको उल्लेखगर्दै यो बर्षको सबैभन्दा धेरैले एकै दिन बिवाह गरेको दिनका रुपमा सम्झे । मङ्सिरको महिना शनिबार मात्रै एउटा लगन भएकाले पनि एकै दिन बिवाह गर्नेको संख्या बढी भएको उनको भनाइ छ । घोडाघोडी मन्दिरमा २०५८ सालदेखि सनातन धर्म संस्कृति वेदविद्या आश्रमले बिवाह, ब्रतवन्धलगायत पूजापाठ गरेवापतको शुल्क लिने गरेको छ ।गोरखापत्रबाट