धनगढी: कैलालीको धनगढीमा रहेको कैलाली हस्पिटल प्रा. ली. ले क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग तथा किमो सेवा शुरु गरेको छ । हरेक हप्ताको शनिबार सेवा दिने उद्देश्यले क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग तथा किमो सेवा शुरु गरिएको हो । काठमाडौँको वीर अस्पतालमा कार्यरत डा. सौगात पौडेल र डा. अन्जु केसिले सो सेवा दिने छन् । आज डा. सौगात पौडेलले सो सेवा दिएका थिए । क्यान्सर रोग सम्बन्धी स्क्रीनिङ्ग, किमो सेवा, प्राष्टेट क्यान्सर, ब्रेष्ट क्यान्सर, पेटको क्यान्सर, फोक्सोको क्यान्सर र अन्य क्यान्सरका सेवाहरु कैलाली अस्पतालबाटै दिन शुरु गरिएको डा.पौडेलले बताए । प्रत्येक हप्ताको शनिबार धनगढीमै सो सेवा पाइने हुँदा स्क्रीनिङ्ग तथा किमो राख्नकै लागी काठमाण्डौँ धाउन नपर्ने उनले बताए ।
कैलाली अस्पतालले न्युन आय भएका सुदुरपश्चिमबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्र्दै धनगढीमै स्क्रीनिङ्ग तथा किमो सेवा शुरु गरेको हो । किमो राख्नकै लागी काठमाण्डौँमा महिनौँ दिन बस्नुपर्ने तथा हरेक महिना धाइरहनुपर्ने बाध्यताको अन्त्य गर्न धनगढीमै सो सेवा शुरु गरिएको उनले बताए । काठमाण्डौँकै शुल्कमा कैलाली अस्पतालले क्यान्सरको स्क्रीनिङ्ग तथा किमो सेवा दिइरहेको बताउँदै उनले बिषेशज्ञ चिकित्सकबाट सुलभ दरमा सेवा लिन आग्रह गरे । धनगढी उपमहानगरपालिका वडा नम्बर १ जिल्ला प्रशासन कार्यालय अगाडी रहेको कैलाली अस्पतालले बिषेशज्ञ सहित अधिकाशं स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।