धनगढी : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् नेपाल, राष्ट्रिय कर्मचारी संगठन, सुदूरपश्चिमको अध्यक्षमा माधव प्रशास जोशी चयन भएका छन। जोशीको अध्यक्षतामा ९ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिएको हो।
संगठनको उपाध्यक्षमा स्वतन्त्र कुँवर, सचिवमा धनराज कार्की, कोषाध्यक्षमा दिनेशकुमार कार्की लगायत रहेका छन। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् नेपाल, राष्ट्रिय कर्मचारी संगठन, सुदूरपश्चिमको प्रथम अधिवेशन भएको हो। नेत्र विक्रम भट्टको अध्यक्षतामा भएको अधिवेशनमा प्रदेश सभा सदस्य शिव सिंह ओली प्रमुख अतिथि रहेका थिए। नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनकबहादुर बुढा विशिष्ट अतिथि र अखिल कान्तिकारीका पूर्व केन्द्रीय सदस्य डम्बरराज भटराई अतिथि रहेका थिए।