धनगढी । जलवायु वित्तका लागि जारी कोप – २९ को समर्थनमा धनगढीमा र्याली गरिएको छ । कैलाली बहुमुखी क्याम्पसको गेट देखि धनगढी उपमहानगरपालिकाको कार्यालय सम्म शान्तिपुर्ण र्याली गरिएको बोलन्या थलीका निर्देशक पदम साउदले बताए।
नेपालका १६ सहरहरुमा गरिए अनुसार धनगढीमा पनि अजरबैजानमा जारी कोप २९ को समर्थनमा र्याली गरिएको हो। यो आन्दोलनले वैश्विक उत्तरग्लोबल नर्थ का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण ९ग्लोबल साउथ०प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वानमा एकिबद्धता जनाउन गरिएको समेत निर्देशक साउदले जोड दिए ।
आजको र्यालीको केन्द्रीय माग स्पष्ट छ वैश्विक उत्तरले ग्लोबल नर्थले आफ्नो जलवायु वित्तको प्रतिवद्धता पूरा गर्नुपर्छ। औद्योगिक देशहरूको ऐतिहासिक जलवायु ऋण, जसको अनुमानित रकम प्रति वर्ष पाँच ट्रिलियन अमेरिकी डलर छ त्यो चुकाउनु पर्नेछ। यो भविष्यको लागि एक न्यायपूर्ण र दिगो मार्गको पहिलो किस्ता हो, जसले विश्व उत्तरको विगतका कार्य र निष्क्रियताले सिर्जना गरेका गम्भीर असमानताहरू र अन्यायहरू न्युनिकरण गर्ने समेतमा र्यालीमा सहभागी भएका हरुले जोड दिए ।
जलवायु संकटले विश्वका सबै देशमा समान रूपको र साझा चुनौती सिर्जना गरेको छैन। ग्लोबल नर्थले आर्थिक वृद्धिका लागि गरेका क्रियाकलापहरूले, दक्षिणका देशहरूविशेष गरी नेपालजस्ता देशहरुले दैनिक रूपमा यसको भयानक प्रभावहरूको सामना गरिरहेका छन्, जस्तै बाढी, खडेरी, र गर्मी लहर। हाम्रा हिमश्रिखंला दिन दिनै पगलिदै गएका छन र हिमताल फुटने लहरो छ। नेपाल जस्तो देशको लागि जलवायु संकटले प्रति दिन नयाँ चुनौती थपदैछ, जसले हाम्रो जीविकोपार्जन र जैविक विविधतालाई नै खतरा पुर्याउदैछ। तसर्थ अब वैश्विक उत्तरले आफ्नो ऐतिहासिक जिम्मेवारी स्वीकार गरेर कदम चालनु बाहेक अन्य कुनै उपाय नभएको समेत र्यालीका सहभागीहरुले बताए।
कैलाली बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थी, बोलन्या थलीका पदाधिकारीहरु, स्काउट र जुनियर जेसिजको र्यालीमा सहभागीता रहेको थियो । यस्तै र्यालीमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दिपक बहादुर धामी नेतृत्वको प्रहरी टोली र मानव अधिकारका पदाधिकारीको समेत सहभागिता रहेको निर्देशक साउदले बताए।