काठमाडौँ — नेपाल पहिलो पटक आईसीसी यू-१९ विश्वकपमा पुगेको छ । यूएईमा भइरहेको प्रतियोगितामा नेपालले बुधबारको निर्णायक खेलमा यूएईमाथि आवश्यक विजय हात पार्दै अर्को वर्ष मलेसियामा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट भएको हो । अजमान स्थित द सेभेन स्टेडियमा टस जितेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई ८३ रन बनाएको थियो । विश्वकपमा पुग्न नेपालले यस खेल १६।२ ओभर भित्र जित्नु पर्थ्यो । नेपालले १४।४ ओभरमा लक्ष्य पूरा गर्दै खेल ८ विकेटले जितेको हो ।
ओपनर सावित्री धामी ९ बलमा १ चौका प्रहार गर्दै १२ र कप्तान पुजा महतो १८ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा आउट भइन् । साना प्रविण ४२बलमा एक चौका प्रहार ३५ र सोनी पाख्रिन १९ बलमा १३ रन बनाइ अविजित रहिन्। सानाले विजयी चौका प्रहार गरेकी थिइन् । कृष्मा गुरुङले सानदार बलिङ गर्दै नेपालको जितको आधार पारेकी थिइन् । उनले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिइन् । रिया शर्मा र सीमा केसीले २र२ तथा रचनाकुमारी चौधरीले १ विकेट लिइन् । यूएईबाट समिरा धरनिधरकाले ४८ बलमा ३१ रन बनाइन् । डबल राउन्ड रोविन लिगमा आयोजित प्रतियोगिताको अन्तिम यस खेल अघि यूएईले सबै ५ खेल जितेको छ भने नेपालले ५ मध्येको चार खेल जितेको थियो । यूएईसँगको यसअघिको खेलमा नेपाल पराजित भएको थियो । त्यसैले यूएईविरुद्ध भइरहेको खेलमा नेपालले जितेर मात्र पुग्ने थिएन ।
नेपालले २०२७ मा बंगलादेशसँग मिलेर २०२७ को आईसीसी यू-१९ विश्वकप आयोजना गर्दैछ ।