डडेल्धुरा । अमरगढी नगरपालिका कार्यपालिकामा रहेका महिला सदस्यहरुले सोमबार ११ बुँदे माग सहित नेपाली काँग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेरवहादुर देउवालाई ११ किलोको मालाले सम्मान गरेका छन ।
नगर क्षेत्रका ११ वटै वडाका बिषयहरु मागका रुपमा राखेको अमरगढी नगरपालिकाका नगरउपप्रमुख पार्वती झुकालले वताईन । खानेपानी, सिटिहल, खेलमैदान, सडक स्तरोन्नती ,एयरपोट लगाएतका ११ वटा मागहरु भएको मागपत्र अमरगढी नगरपालिकाका नगर प्रमुख डिल्लीराज जोशी र नगर उपप्रमुख पार्वती झुकालले बुझाएका हुन।
अमरगढी नगर कार्यपालिका सदस्य विस्ना गैरालले सुदूरआवाजलाई भनिन मागपत्र बुझिसकेपछि देउवाले केहि कामहरु भएको र बाँकि कामपनि चाँडै हुने वताउनु भयो,र उहाँले खानेपानीको बारे चासो देखाउँदै कामहरु कतिको भएको छ रु भन्नेवारे चासो देखाउनु भयो । डडेल्धुरामा आईपुगेका काँग्रेस सभापति एवम पूर्व प्रधानमन्त्री शेरवहादुर देउवा मंसिर १ गते सम्म डडेल्धुरामा रहने कार्यतालिका रहेको नेपाली काँग्रेस डडेल्धुराले जनाएको छ ।