कञ्चनपुरः कञ्चनपुरमा विद्यालयको बसबाट खसेर घाइते भएका बालकको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको मृत्यु भएको हो। उनी सोमवार कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड ईङगलिस स्कुलको ना ३ ख ८१४६ नम्बरको बसबाट खसेर गम्भिर घाइते भएका थिए।
भारतको लखनौंमा आज (मंगलवार) उनको उपचारकाक्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुुख एसपी चक्रराज जोशीले बताए। सोमवार साँझ विद्यार्थी लैजानेक्रममा कुवँर बसबाट खसेर भएका थिए। मृतक बालक कृष्णपुर नगरपालिका–२ बंकमा मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए। बालकका आफन्तले चरम लापरवाही गरेको भन्दै विद्यालयप्रति आक्रोश पोखेका छन्। उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन। उक्त घटनाबारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ।