धनगढी । तराई वासीले विशेष रुपमा मनाउने छठ पूजाको तयारी पुरा भएको छ । छठमा पूजा गर्न आउने भक्तालुका लागि धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको मोहना घाटमा टेण्ट निर्माण, बिजुली बत्ति र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको समितिका अध्यक्ष सन्तोष मण्डलले बताए ।
मोहना घाटमा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रममा रहेको उनले बताए । समितिले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्र्दै तयारीको बारेमा जानकारी दिएको हो।
छठी पूजाको परम्परा महाभारतकालदेखि सुरु भएको विश्वास गरिन्छ। सूर्य पुत्र कर्णले भगवान् सूर्यलाई हरेक बिहान जलमा उभिएर अर्घ्य दिन्थे भन्ने कुरा महाभारतमा वर्णन गरिएको छ।
त्यस्तै, धनगढी बजारका मुख्य स्थानमा स्वागत गेट निर्माण गरिएको अध्यक्ष मण्डलले बताए । मोहना घाटबाटहजारौ बढी श्रद्धालुले सूर्यलाई जल चढाउने उनले बताए । अस्ताउदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मैयाको पूजाआराधना छठ पर्वको मुख्य विषेशता रहेको छ ।