धनगढी: कैलालीको अत्तरियाबाट सुन चोरेको आरोपमा एक जना पक्राउ परेका छन । गोदावरी नगरपालिका – १ अतरियाकी लक्ष्मी ठगुन्नाको डेरा कोठाबाट शुक्रबार बिहान सुनका गरगहना चोरी गरेको आरोपमा घनगढी उपमहानगरपालिका – ४ बोराडाडीका २२ वर्षीय विज्ञान बस्नेत पक्राउ परेका हुन । बस्नेतलाई लक्ष्मी ठगुन्नाको डेराकोठा देखि अन्दाजी ५०० मिटर टाढा पानीको तालमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
प्रहरीका अनुसार पानी बाहिर निकालेर शरिरमा खान तलासी गर्दा उनले लगाएको हाप पाईन्टको दाहिने पट्टिको खल्तिमा लक्ष्मि ठगुन्नाको डेराकोठाबाट चोरी भएको भनिएको गहना फेला परेको थियो । जसमा सुनको कानमा लगाउने झुम्का २ ,सुनको औठी १, सुनको नागिनि १, सुनको लकेट १, सुनको चन्द्रमा १, सुनको फुली १ रहेको प्रहरीले जनाएको छ ।