धनगढीः कैलाली र डडेल्धुराबाट ३७ जना जुवाडे पक्राउ परेका छन्। डडेल्धुराको गन्यापधुरा गाउँपालिका-३ गोयलखेतमा ३२ वर्षीय दिपक देउवाको घरबाट जुवातास खेलिरहेको अवस्थामा देउवासहित २८ जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४ लाख ४१ हजार ८६९ र १६ गड्डी ताससहित पक्राउ गरेको हो।
यस्तै कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नारा स्थित सहदेब भट्टको खाली कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय नेत्र साउदसहित ९ जना जुुवाडे पक्राउ परेका छन्। यीनीहरुलाई इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नगद २६ हजार ४२० र १ गड्डी ताससहित पक्राउ गरेको हो। बिहीवार पक्राउ परेका यी ३७ जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।