धनगढी: राष्ट्रिय बाणिज्य बैकं कर्मचारी सघं सुदुरपश्चिम प्रदेश समितिले आयोजना गरेको सुभकामना तथा उपहार कार्यक्रमको बिजेता चिठ्ठा नम्बर १२८१ का कालु सिहं कुँवर बनेका छन् । कुवँरले ३२ इन्च एलइडी टि.भि प्राप्त गरेका छन् । राष्ट्रिय बाणिज्य बैकं सुदुरपश्चिम प्रादेशिक कार्यालयमा आयोजित सुभकामना, उपहार तथा पुरस्कार घोषणा कार्यक्रममा कुँवरले टिभि जितेका हुन् । यस्तै २९५३ नम्बर चिठ्ठाका सुनिल कुँवर उपहार कार्यक्रमको दोश्रो बन्न सफल भएका छन् । उनले एक थान मोवाइल सेट प्राप्त गरेका छन् । तृतिय हुन सफल चिठ्ठा नम्बर २५४५ का सचिवालयले स्मार्ट वाच प्राप्त गरेको छ ।
१० जनाले सान्त्वना उपहार स्वरुप भित्ते घडी प्राप्त गरेका छन् । सान्त्वना उपहार जित्नेमा १४०८ चिठ्ठा नमबरका अर्जुन कुस्मी, २७७३ का निलम ऐर, ११७० का जितेन्द्र चौधरी, १३९० का मान बहादुर बिष्ट, १५२४ का महेस सिहं, २३८२ का कमल सिहं ऐर, २१३५ का रतन कुमारी धामी, १०९८ का खगेन्द्र सिहं धामी, २०७३ का योगेश चन्द्र भट्ट, १६२२ का सिर्जना थापा छन् । यस्तै सबैभन्दा बढी चिठ्ठा काट्ने १२ साखा मध्ये ३ साखालाई गोलाप्रथाबाट पुरस्कार वितरण गरिएको छ । प्रथम पुरस्कार बझाङ साखाले ५ हजार पाएको छ । दोश्रो पुरस्कार दिपायलले ३ हजार र तेश्रो प्रदेश कार्यालयले नगद २ हजार प्राप्त गरेको छ । राष्ट्रिय बाणिज्य बैकं कर्मचारी सघं सुदुरपश्चिमका अध्यक्ष राजेन्द्र बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय बाणिज्य बैकं सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख राजेन्द्र आचार्य, पेषागत महासघंका महासचिव, उप प्रबन्धक, बिभिन्न जिल्ला कर्मचारी सघंका अध्यक्ष, प्रतिनिधी लगायत कर्मचारीहरुको सहभागिता थियो । चिठ्ठा उपहार कार्यक्रममा १ हजार ७ सय जना सहभागी थिए ।