धनगढी: धनगढी उपमहानगरपालिकाको शिक्षा योजना निर्माणका लागी आयोजना गरिएको दुई दिने कार्यशाला समपन्न भएको छ । धनगढी स्थित होटल रुवसमा आयोजित कार्यशाला सम्पन्न भएको हो । गुणस्तरिय सिकाइका लागी बिद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानिय तहको क्षमता अभिबृद्धी गर्न धनगढी उपमहानगरपालिकाको कार्यदल सहित सरोकारवालाहरु सगं योजना लेखन कार्यशाला आयोजना गरिएको हो । धनगढी उपमहानगरपालिकाको आयोजना, सामुदायिक बिकास केन्द्र डोटीको प्राबिधिक सहयोग तथा युरोपेली युनियन र युनिसेफको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरिएको हो ।
कार्यक्रममा धनगढी उपमहानगर शिक्षा समितिका सदस्य, शिक्षा योजना लेखन समिति कार्यदलका पदाधिकारी तथा सदस्य, साझेदार संस्थाका प्रतिनिधी र सामुदायिक बिकास केन्द्र डोटीका प्रतिनिधी सहभागी थिए । सामुदायिक बिकास केन्द्र डोटीले गुणस्तरिय सिकाइका लागी बिद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानिय सरकारको क्षमता अभिबृद्धी कार्यक्रम अन्तर्गत सुदुरपश्चिमका ९ जिल्लाका ३० वटा पालिकामा सहयोग गरिरहेको सामुदायिक बिकास केन्द्र डोटीका कार्यक्रम प्रबन्धक हर्क बहादुर ऐरले बताए ।
धनगढी उपमहानगरपालिकाकी शिक्षा योजना लेखन समिति संयोजक सुस्मा चौधरीले यो कार्यशालाबाट धेरै सिक्ने अवशर पाएको बताइन् । दुई दिने कार्यशालाले धनगढी उपमहानगरपालिकाको शिक्षा योजना निर्माण गर्न महत्वपुर्ण सिकाई प्राप्त भएको उनले बताइन् । कार्यक्रमको समापनसत्रमा बोल्दै युनिसेफका निमित्त कार्यालय प्रमुख प्रकास कैनीले गुणस्तरिय शिक्षा कसरी दिने भनेर सबैको चिन्ता रहेको बताए । शिक्षा क्षेत्रमा धेरै काम अगाडी बढेपनि योजनाबद्ध तरिकाले कार्यक्रम अगाडी नबढे परिणाम निकाल्न नसकिने उनले बताए । यस कार्यशालाबाट धेरै जानकारी दिइएको बताउँदै अब धनगढीको योजना उत्कृष्ठ बन्ने दावी गरे ।
सामुदायिक बिकास केन्द्र डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले धनगढी उपमहानगरपालिका सुदुरपश्चिमका अन्य पालिकाको सिकाई केन्द्र रहेकाले धनगढीमा लागु भएका योजनाको प्रभाव प्रदेशभरी पर्ने बताए । सोही कारण धनगढीको उत्कृष्ठ शिक्षा योजना बनाउन यस कार्यशालाले महत्वपुर्ण भुमिका खेलेको उनले बताए । धनगढी उपमहानगरले बनाउँदै गरेको शिक्षा योजना देशभरीमै उत्कृष्ठ बन्ने र यसबाट अरुले सिक्ने उनको भनाई छ ।