धनगढी । आईसीसी क्रिकेट विश्वकप लिग टु मा अमेरिका सँग नेपाल पराजित भएको छ । नेपालले घरेलु टोली अमेरिकालाई २८७ रनको लक्ष्य दिएको थियो भने जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले ७ विकेकट गुमाउदै २९१ रन बनाएको थियो । अमेरिकाका शाहेन जहागिरले १०४ रन बनाउदै सतकिए पारी खेलेका थिए ।
कप्तान रोहित कुमार पौडेलको ९६ रन अनी ओपनरद्वय अनिल शाह र आसिफ शेखको अर्धशतकमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८६ रन बनाएको हो ।
कप्तान रोहित इनिङको अन्तिम बलमा आउट ऐएका थिए । उनी ओडिआईमा करियरको दोस्रो शतक बनाउनबाट चार रनले मात्र चुके । रोहितले ७५ बल खेल्दै ८ चौका र ३ छक्का मदतमा सर्वािधक ९६ रन बनाए ।