धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा निर्माण कार्य सम्पन्न बडेहाँ बिजौरा खानेपानि आयोजनाको उद्घाटन भएको छ । २०७५ सालबाट निर्माण शुरु भएको आयोजनाको निर्माण कार्य सम्पन्न भएसंगै बिहीबार उद्घाटन गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार बिकास मन्त्रालयको करिब १२ करोड २९ लाख लागतमा खानेपानि आयोजना निर्माण भएको बडेहाँ बिजौरा खानेपानि उपभोक्ता तथा सरसफाई समितिका सचिव मान बहादुर बलायरले बताए । निर्माण सम्पन्न भएसंगै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्रि सुरेन्द्र बहादुर पालले भव्य कार्यक्रमका बिच उद्घाटन गरेका छन ।
खानेपानि आयोजना निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई धन्यबाद ज्ञापन गर्दै समितीका अध्यक्ष बलबहादुर चौधरीले उद्घाटन कार्यक्रममा बताएका छन् । उनले खानेपानि आयोजना निर्माणका लागि भागेश्वर स्कुलले २ कट्टा जमिन उपलब्ध गराएको बताउदै निर्माण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई समेत सम्मान गरेका छन ।
खानेपानिको ४२ किलोमिटर पाईपलाईन विस्तार गरिएको छ भने ६ सय ५ जना उपभोक्ता रहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको लगानि र जिल्ला खानेपानि डिभिजन कार्यालय अन्तर्गत उक्त खानेपानि निर्माण भएको समितिका सचिव बलायरले बताएका छन् ।
खानेपानीबाट गोदावरीको वडा नम्बर १ र ६ का बडेहा, भुँयारा, नहरटोल, कुटीकटान, बिजौरा, चैतन्यपुर, सालघाडी र गेटाका करिब २५ सय घरधुरी लाभान्वित हुने छन् । बिगतका दिनमा खोला नालाको दुषित पानि र नल्काको पानि पिउन बाध्यता रहेका स्थानियहरु बडेहाँ बिजौरा शुद्ध खानेपानि निर्माण भएर घरघरमा धारा जोडिने भएपछि निकै हर्षित भएका छन् ।