धनगढी: नेकपा एमालेकी पोलिटब्युुरो सदस्य लिला भण्डारीले पाटी नेतृत्व बिरुद्ध कसैले जान नहुने बताएकी छिन् । नेकपा एमाले धनगढी उपमहानगरपालिका कमिटिले आयोजना गरेको तिहार तथा छठ पर्वको सुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य भण्डारीले पाटी निति र नेतृत्वका बिरुद्ध जाने छुट कसैलाई नरहेको बताएकी हुन् । कार्यक्रमकी प्रमुख अतिथि रहेकी भण्डारीले पाटी बाहिरबाट भएको आक्रमणलाई पाटी भित्रबाट परास्त गर्नुपर्नेमा जोड दिइन् ।
नेकपा एमाले देशको ठुलो शक्ती हो त्यस कारण एमाले प्रती घेराबन्दी भइरहेको छ उनले भनिन् “पाटी बाहिरबाट भइरहेको आक्रमणले कुनै समस्या गर्दैन, सामाजिक सञ्जालबाट भइरहेको आक्रमणलाई हामीले सहजै जवाफ दिन सक्नुपर्छ, बाहिरको आक्रमणले भन्दा पाटी भित्रबाटै हुने आक्रमणले खतारा निम्त्याउछ, त्यस कारण पाटीको निति र नेतृत्व बिरुद्ध कसैलाई नजान आग्रह गर्दछु, पाटी नेतृत्व बिरुद्ध जाँदा अराजकता पैदा हुन्छ र पाटी खतरामा पुग्छ ।” भण्डारीले आफु काम नगर्ने तर अरुको आलोचना र बिरोध गर्ने पारीपाटी पनि बढेको बताइन् । पाटीको कामका लागी जो साथीहरुले जिम्मेवारी पाउनुभएको छ आफ्नो जिम्मेवारी पुरा गर्नुस, नपाएकाले सहयोग गर्नुस उनले भनिन् “यो ब्यक्तीगत स्वार्थ कसैको छैन, सबैले आफ्नो जिम्मेवारी पुरा गर्ने हो, एमाले पाटी बनाउने र देश बनाउने सकंल्प बोकेर आउनुहोस, हामीले लिएको उद्देश्य पुरा गर्छौँ ।”
पाटी भित्र प्रतिसोध साँध्ने मनसाय त्याग्न उनले सबैमा आग्रह गरिन् । सबैभन्दा पहिले आफैबाट सुध्रिएर परिवार, समाज, नगर अनी जिल्लासम्म सुधार ल्याउनुपर्ने उनको जोड थियो । कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य महेश्वर पाठकले बिगत जस्तै निस्वार्थ पाटीका लागी काम गर्ने कार्यक्रता आवश्यक रहेको बताए । बिगतमा आफ्नो खल्तीबाट पैसाँ हालेर उमेदवारलाई जिताउने कार्यक्रता थिए उनले भने “अहिले त्यसो छैन, सबै आ(आफ्नो फाइदा हेर्न थाल्नुभयो, त्यसो नगरी पाटीका लागी काम गरौँ, बिगतको जती नभएपनि बिगत जस्तै कार्यक्रता बनौँ, हामी कैलाली मात्रै होइन सुदुरपश्चिमका सबै निर्वाचन जित्छौँ ।”
कार्यक्रममा बोल्दै नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिव रण बहादुर चन्दले पाटी बिरुद्ध आक्रमण खोज्नेको जवाफ सामाजिक सञ्जालबाटै दिन आग्रह गरे । पाटी नेतृत्वका बिरुद्ध लाग्नेलाई सोही माध्यमबाट जवाफ दिन आग्रह गर्दै चन्दले पाटी नेतृत्वमा एकताबद्ध भएर आगामी उद्देश्य पुरा गनुपर्नेमा जोड दिए । कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश सल्लाहकार परिषदका सयोंजक खेमराज पाण्डे, पाटी प्रदेश सचिवालय सदस्य नेपालु चौधरी, प्रदेश कमिटि सदस्य रुकमणी देवकोटा, सत्यराज स्नेही, जिफन्ट सुदुरपश्चिम प्रदेश अध्यक्ष जित बहादुर मल्ल, कैलाली जिल्ला कमिटि अध्यक्ष यज्ञराज ढुगांना, उपाध्यक्ष लोकेन्द्र शाही, सचिव ममता चौधरी, उपसचिवद्वय चुडामणी भट्ट, गगां चौधरी लगायतले सुभकामना मन्तब्य राखेका थिए ।
पाटी धनगढी उपमहानगर कमिटि अध्यक्ष अम्बिका बिष्ट मल्लले पछिल्लो समय धनगढीमा पाटी गतिबिधि बढेको बताइन् । पाटीले ५ सय सदस्य बढाइसकेको उनले बताइन् । पाटी गतिबिधि बिभिन्न माध्यमबाट बढिरहेको बताउँदै उनले पाटी कामलाई प्रचार प्रसार गर्न सबैलाई आग्रह गरिन् । चाँडै उपमहानगर कमिटिको पुर्ण बैठक बसेर वडाको अधिवेशन बारे मिति तोकिने उनको भनाई छ । वडाको अधिवेशनपछि पाटीका गतिबिधि झन बढ्ने उनको भनाई छ ।