धनगढी: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सातवर्ष अघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या प्रतिवर्ष बढ्दै जान थालेको छ । कृष्णसारको संख्या बढेर हालसम्म २ सय ९५ पुगेको छ । गत आर्थिक बर्षको तुलनामा कृष्णसारको सङ्ख्या यस बषए २८ ले बढेको छ । बर्षेनी ३० देखी ३५ को सख्यांमा कृष्णसार बढ्ने गरेपनि बिभिन्न रोग र आपसमा जुधेर मृत्यु हुने गरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
कञ्चनपुर जिल्लामा स्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा वासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको संख्यामा प्रति बर्ष वृद्धि हुदै जान थालेको हो । सन २०१२ सालमा ४२ वटा कृष्णसार ल्याएर शुरु गरिएको संरक्षित क्षेत्रमा हाल करिब ३ सय कृष्णसार पुगेका छन् । कृष्णसारलाई पौष्टिक तत्वको कमी हुन नदिन दैनिक पाँच किलोका दरले भटमास, चना, चोकर र औषधि उपलब्ध गराइँदै आएको कृष्णसार संरक्षित क्षेत्रका सिनियर गेम स्काउट सर्जन रोकायाले बताए । संरक्षित क्षेत्रमा अतिरिक्त खानाको व्यवस्थाका कारण कृष्णसारको सङ«ख्या बढेको हो । कृष्णसारलाई पानीको व्यवस्था गर्न संरक्षण क्षेत्रमै चार पोखरी र दुई छहारी घर निर्माण गरिएका छन् । संरक्षित क्षेत्रभित्र कृष्णसारलाई खानाको कमी हुन नदिन मकै छरेर बोट तयार गरी खानका लागि छाडिने व्यवस्था गरिएको रोकायाले बताए । निकुञ्जको सम्भाव्यता अध्ययनपछि यहाँ कृष्णसारलाई स्थानान्तरण गरिएको थियो । कृष्णसारलाई बाह्य आक्रमणबाट बचाउन २५ हेक्टर क्षेत्रफलमा ग्याविन बक्स र त्यसको पछाडि विद्युतीय तारबार (फेन्स वायर) जडान गरिएको छ । चितुवा, बाघ र अन्य जनावरले कृष्णसारलाई आक्रमण गर्न नसकुन भनेर विद्युतीय तारबार जडान गरिएको हो ।
पर्यटकलाई आवागमनमा सहजता प्रदान गर्न पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ चार किलोमिटर सडक खुला गरिएको छ । कृष्णसारलाई हेर्न मचानको समेत व्यवस्था गरिएको छ । कृष्णसार सगैं सुक्लाफाँटामा पाइने बाह्रसिङ्गे, चरा, मयुर लगायत जिव जन्तु हेर्न आउने पर्यटकको सख्यांपनि बढ्दै छ । पर्यटकहरुलाई आवागमनमा सहजता ल्याउन सुक्लाफाँटा नगरपालिकाले कृष्णसार क्षेत्र जाने अर्को गेट खोल्नपनि पहल गरिरहेको मेयर रण बहादुर महराले बताए । यसका साथै कृष्णसार क्षेत्र र राष्ट्रिय निकुञ्जमा आवश्यक पर्ने पुर्वाधार निर्माणका लागी नगरपालिकाले प्रदेश सगैं सघं सरकार सगं समन्वय गरिरहेको उनले बताए । नगरको श्रोत साधनले भ्याउने बिषयमा काम गरिरहेको बताउँदै अन्य कार्यक्रममा राष्ट्रिय निकुञ्ज, प्रदेश र सघं सरकार सगं समन्वय र सहकार्य गरिरहेको महराले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत दुर्लभ स्तनधारी कृष्णसार सन् १९६० को दशकमा पश्चिमका केही जिल्लामा पाइने गरेको र बासस्थानको विनाश र चोरी शिकारले गर्दा केही समययता लोप हुने सङ्घारमा पुगेको छ । दुर्लभ कृष्णसारको प्रचार प्रसार सगैं समग्र सुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बिकास गर्न सके यहाँ हजारौँ बाह्य पर्यटक तान्न सकिने पर्यटन ब्यवसायीको भनाई छ । सुक्लाफाँटामा थोरैपनि राज्यको लगानी बढे त्यसको प्रतिफलपनि चाँडै मिल्ने उनिहरुको भनाई छ । पर्यटन ब्यवसायी पर्मानन्द भण्डारीले सुक्लाफाँटा, खप्तड, अपी हिमाल तथा सैपाल हिमाललाई केन्द्रित गरेर बिकास गर्न सके अन्य साना पर्यटकिय स्थलको बिकास आफै हुने बताउछन् । साना मठ मन्दिरमा सरकारी लगानी गर्नुभन्दा यि ४ गन्तब्यमा लगानी गरे साना मन्दिर बनाउन पर्यटकहरुबाटै आम्दानी गर्न सकिने उनको भनाई छ । तर सरकार फाइदा हुने भन्दा साना टोलका मन्दिरमा बजेट हालेर करको दुरुपयोग गरिरहेको उनि बताउछन् । सुक्लाफाँटामा मात्रै बर्षेनी हजारौँ पर्यटक तान्न सके यहाँको बिकासमा महत्वपुर्ण योगदान पुग्ने उनको भनाई छ ।
नेपालमा कृष्णसार सबैभन्दा बढी झण्डै ३०० जति बर्दिया खैरापुरमा रहेको बताइएको छ । एन्टिलोप प्रजातिको कृष्णसार हाल नेपालगञ्ज, काठमाडौँको मृगस्थली र शुक्लाफाँटाको हिरापुर फाँटामा संरक्षित छ । घाँसका फाँटमा चर्न रुचाउने कृष्णसारको भाले कालो र पोथी खैरो रङको हुन्छ । यसले छ÷छ महीनामा बच्चा जन्माउने गर्दछ । वर्षमा अन्य जनावर जस्तो कृष्णसारको सिङ्ग झर्दैन । वयस्क नभएसम्म भाले र पोथीको रङखैरो हुन्छ ।