धनगढी । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र पक्राउ परेका त्यसका सभापति रवि लामिछानेप्रति व्यङ्ग्य कसेका छन् ।
पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई रास्वपाले ‘प्रतिशोध’ भनेको छ । यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका छन् । “क्लिन चीट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ( ‘प्रतिशोध’ । सुपरफ्लप हुने बाटो( प्रतिक्षा गरौँ ।
त्यसो त थापा नेतृत्वकै समितिले रविमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदनमा रवि व्यक्तिगत रूपमा दोषी नदेखिए पनि संस्थागत रूपमा उन्मुक्ति दिन नहुने उल्लेख थियो । त्यसकै आधारमा रवि शुक्रबार साँझ पक्राउ परेका छन् । अहिले उनलाई पोखरा पुर्याइएको छ । उनी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा छन् ।