बैतडी: बैतडीको पाटन नगरपालिका–१० मा खुल्ला महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सोमबारदेखि एक औपचारिक कार्यक्रमकाबीच खुल्ला महिला पुरुष भलिबल प्रतियोगिताको सुभारम्भ गरिएको हो । पदमराज स्मृति प्रतिष्ठानको आर्थिक सहयोग तथा सरस्वती माविको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो । सरस्वती माविका अध्यक्ष धर्मराज भट्टको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि वडा नं १०का वडा अध्यक्ष एवं पाटन नगरपालिकाका आर्थिक विकास समिति संयोजक धन बहादुर कुवँर रहनु भएको थियो । विशिष्ट अतिथिमा पाटन नगरपालिकामा सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८का वडा अध्यक्ष हरिश बिष्ट, पदमराज स्मृति प्रतिष्ठानका अध्यक्ष भानुभक्त भट्ट, सरस्वती युवाक्लबका अध्यक्ष दिपक महरा लगायत विभिन्न विद्यालयका शिक्षक, खेलप्रेमी लगायतको सहभागिता रहेको थियो ।
असोज ३०सम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १५ गरी २२ टोलीको सहभागिता रहेको छ । सदाका वर्षझै यस वर्ष पनि प्रतियोगिताको आयोजना गरिएको हो । स्थानीयस्तरमा रहेका खेलाडीहरुको प्रतिभालाई थप उजार गर्ने र एकआपसमा शुभकामना आदानप्रदानका लागि यो प्रतियोगिताको आयोजना गरिन लागिएको स्मृति प्रतिष्ठानका अध्यक्ष भानुभक्त भट्टले बताए ।
प्रतियोगतामा महिला पुरुष दुवैतर्फ नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । दितिय पुरुस्कार नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी तृतीय पुरुस्कार नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी विधागत पुरुस्कारको व्यवस्था रहेको छ ।