धनगढी: प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीको ब्यवस्थापन समिति अध्यक्षमा नरेश बिष्ट पुन: नियुक्त भएका छन् । गत २० गते बसेको सुदुरपश्चिम प्रदेश मन्त्रीपरिषदको बैठकले बिष्टलाई चिकित्सालयको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । प्रादेशिक आयुर्वेद चिकित्सालय ब्यवस्थापन समिति गठन आदेश २०७८ को उप दफा (१) को खण्ढ (क) मा भएको ब्यवस्था बमोजिम सरकारले गरेको निर्णय अनुसार नियुक्त गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिष्ट यस अघीपनि प्रादेशिक आयुर्वेद चिकित्सालय ब्यवस्थापन समिति अध्यक्ष थिए ।