धनगढी । कञ्चनपुरका दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा बुधबार ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरीबाट २७ जना र कृष्णपुरबाट १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर ५ शोभा ताल स्थित शङ्कर चौधरीले अधिया गरी बसेको चामु चौधरीको बाझो घरको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा लालझाडी २७ जनालाई नगद रु।५२ हजार १२८ रकम र ४ गड्डी तास सहित प्रहरी टोलीले नियन्त्रणमा लिएको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
त्यस्तै, कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर ४ किचाई स्थित प्रकाश ऐरको घरको कोठा भित्र जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नगद १ लाख २७ हजार ९७२ रकम र २ गड्डी तास सहित प्रहरी टोलीले नियन्त्रणमा लिएको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।