धनगढीः नेपाली कांग्रेसका युवा नेता लोक राज पाण्डेय (आगो) ले असोज ९ गते जन्मदिनको अवसरमा सुरु गरेको सार्वजनिक शौचालय सरसफाइ गर्ने अभियान अन्तरगत अत्तरिया बसपार्कका सार्वजनिक शौचालयमा सरसफाइ गरेका छन्।
उनले स्थानीय युवाहरूको सहयोगमा बसपार्कको प्रतीक्षालय सँगै जोडिएको सार्वजनिक शौचालयलाई सरसफाइ सामग्री हस्तान्तरण गर्दै सरसफाइ गरेका थिए। उनले सरसफाइ अभियान अन्तरगत शौचालयका कर्मचारीलाई बाल्टिन, ब्रस, जग, हार्पिक, सोडा, ओडोनिल लगायतका सामग्री समेत हस्तान्तरण गरेको थिए। उनले अभियान तेस्रो सातामा पुग्दा यसमा जोडिने मानिसहरूको संख्या बढ्दै गएकाले यसलाई ‘राष्ट्रिय सरसफाइ अभियान’ का रूपमा अगाडि बढाउने तयारी गरिरहेको बताए।