धनगढी । जल तथा मौसम विज्ञान विभागले असोज १५ देखि पुस १६ गतेसम्म ९अक्टोबरदेखि डिसेम्बर, २०२४०को अवधिको हावापानीको पूर्वानुमान सार्वजनिक गरेको छ । विभागले सोमबार सार्वजनिक गरेको पूर्वानुमानअनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने जानकारी गराएको छ ।
कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू–भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भू–भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भू–भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ । अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको पूर्वानुमान सार्वजनिक गरिएको हो ।
वर्षाको पूर्वानुमान
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।
कोशी प्रदेशको उत्तरी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भू–भागमा सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ भने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भू–भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिसत रहेको छ ।
त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू–भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत र देशका बाँकी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
अधिकतम तापक्रम
यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।
बागमती प्रदेशको मध्य तथा दक्षिणी भू–भाग, मधेश प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भू–भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भू–भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भू–भागमा अधिकतमतापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत रहेको छ ।
कोशी प्रदेशका मध्य भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र बागमती प्रदेशका उत्तरी भू–भाग मा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ ।
न्यूनतम तापक्रम
न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत रहेको छ ।
त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भाग, बागमती प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतरहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ