धनगढीः शैक्षिक गुणस्तर सुधार्न धनगढी उपमहानगरपालिकाका ईन्जिनियर कमल ओझाले सहयोग गरेका छन्। धनगढी उपमहानगरपालिकाको नगर प्रमुख शैक्षिक सुधार कोषमा धनगढी उप–महानगरपालिकाका ईन्जिनियर कमल ओझाले आर्थिक सहयोग गरेका हुन्। विपन्न परिवारका ७ जना बालिकाको पोशाक खरिदका लागि भनेर ओझाले ३७ हजार ५ सय रुपैयाँ धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको हुन्।
धनगढी उप–महानगरपालिकाको दशै स्थापना दिवसको अवसरमा आयोजित समारोहमा कर्मचारीको तर्फबाट स्थानीय सेवा पुरूस्कार ५० हजार उप–महानगरपालिकाबाट प्राप्त गरि पुरूस्कारको कर कट्टा गरि बाकी रहेको ३७ हजार ५ सय रुपैयाँ उनले सहयोग गरेको हुन्। धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ। ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो।