धनगढी । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले दशैका लागी नेपाल आउँने नागरिक लाई सिमा नाकामा सहज होस् भन्ने उदेश्यले ७ दिनका लागी हेल्प डेस्क स्थापना गरेको छ । कैलालीको गौरीफँटा नाका र कञ्चनपुरको गडाचौकी नामामा आज देखि २१ गते सम्म निशुल्क जलपान र सामाान्य स्वास्थ्य चेकजाँचको ब्यवस्था गरिएको छ ।
रोजगारीका लागी भारतका विभिन्न सहरमा गएका नागरिकहरु यति वेला प्रदेशका मुख्य नाका बाट स्देश आउँने क्रम बढेसंगै विभिन्न ब्यक्तिी बाट ठगिने र लुटिनेक्रम हरेक बर्ष हुदै आएपछि यात्रुको सहजताका लागी हेल्प डेस्क स्थापना गरिएको राष्ट्रिय स्वतन्त्र पाटी सुदूरपश्चिम प्रदेश सदस्य झनक खनालले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पाटी रास्वपा सुदूरपश्चिम प्रदेश समितीले आयोजना गरेको ७ दिने निशुल्क हेप डेस्क अभियान आज देखि २१ गते सम्म संञ्चालन हुने छ । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपा पुर्नवासका सभापति सुरज गजुरेलले अभियानले हजारौ नागरिकले सेवा पाउँने बताए । उनले आज मात्रै करिब ५ सय भन्दा बढीले निशुलक परामर्श लिएको बताए ।