धनगढी । विपद् तथा चाडपर्वको समयमा वायुसेवा कम्पनीहरूले अधिकतम भाडादर लिएको भन्दै गुनासो बढ्न थालेको छ । काठमाण्डौ बाट भारतको राजधानी नयाँदिल्ली भन्दा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको भाडादर महँगो भएको भन्दै यस क्षेत्रका ब्यवसायी तथा आम नागरिक आक्रोसित छन् । टिकटको मूल्य महँगो बनाएको विषयमा यात्रुहरुले चर्काे विरोध गरिरहदाँ नागरिक उड्डयन प्राधिकरण र एरलाईन्सहरुले भने सरकारले तोकिदिएकै भाडादर लिएको दाबी गरेका छन् ।
विपत्ति र चाडपर्वको समयमा महँगो भाडादर लिइएको विषयमा व्यापक प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो फेसबुक पेजमार्फत् भाडादर नबढाउन अनुरोध गरेका छन् । राजमार्गहरू बन्द रहेको अवस्थामा आवतजावतको विकल्पको रूपमा रहेको हवाई यातायात विमान सेवा कम्पनीहरूले आफूखुसी हवाई भाडा बढाउँदा सर्वसाधारण नागरिकमा यसले ठूलो असर पारेको छ । उनिहरुले यस्तो कमद लाई सरकारले नियन्त्रण गनु पर्ने बताएका छन् ।
वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो । एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको समयमा मनमानी भाडा वृद्धिले राज्य नभएको अनुभति दिलाएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष पुष्कर ओझाले गुनासो गरे । उनले धनगढी विमानस्थल निर्माण गर्दा ब्यवसायीले एक रुपैया अभियान कार्यक्रम चलाएको स्मण गदै भने ब्यवसायी र नागरिक लाई समस्या पर्दा लुट्ने काम बन्द गर्न आग्रह गरे ।
सरकारले विमान कम्पनीहरूका लागि प्रत्येक ठाउँको अधिकतम र न्यूनतम भाडादर तोकिदिएको छ । धनगढी बाट काठमाण्डौको भाडादर उच्च भएको गुनासो आईरहदा सरकारले धनगढी काठमाण्डौमा तोकेको भाडादर अनुसार नै भएको दावी गरेको छ । धनगढी विमानस्थलका प्रमुख गणेश बहादुर सिंहल वायुसेवा कम्पनीहरूले कति प्रतिशत टिकट न्यूनतम मूल्य र कति अधिकतम मूल्यमा बिक्री गर्छन् भन्ने कुनै सीमा नभएको जानकारी दिए । धनगढी विमानस्थलका प्रमुख प्रमुख गणेश बहादुर सिंहले सरकारले नै धनगढीको अधिकतम भाडा १८,००० रुपैयाँसम्म तय गरेका कारण हामीले यसमा घटाऊ भन्न नसकिने बताए ।
अहिले धनगढी बाट काठमाण्डौ जाने भन्दा पनि काठमाण्डौ बाट धनगढी आउँने यात्रुको दिनहुँ विमानस्थलमा भीड लाग्ने गरेको छ । काठमाण्डौ देखि दिल्लीको भाडादर ११ हजार भएपनि धनगढीको भाडादर १७ हजार भन्दा बढी कायम भएपछि सामाजिक संञ्चालमा नागरिकले ब्यङगे गरिरहेका छन् ।