धनगढी: कैलालीबाट एकैदिन २१ जुवाडे पक्राउ परेका छन । जिल्लाको धनगढी र अत्तरिया क्षेत्रबाट २१ जुवाडे पक्राउ परेका छन । शनिबार धनगढी उप–महानगरपालिका – ७ भानु चोक स्थित बिष्णु चौधरीको दुई तले घरको माथिल्लो तला जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले १२ जुवाडे पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–७ का रामसिंह चौधरी, सुन्दर चौधरी, उमेश चौधरी, प्रकाश चौधरी, बश्सराम चौधरी र पुरन चौधरी रहेका छन्। यस्तै धनगढी–७ कै अमर चौधरी, बिनोश चौधरी, आशाराम चौधरी, लक्ष्मण चौधरी,सिवन चौधरी र लालबहादुर चौधरी रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट नगद ३३ हजार ७५० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शनिबार नै प्रहरीले गोदावरी नगरपालिका – १ अत्तरिया स्थित बिजयनगरबाट ९ जुवाडे पक्राउ गरेको थियो । स्थानीय केशव सिंह गुरुङको घरमा जुवातास भईरहेको विशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा ६६ वर्षिय गुरुङ सहित सोही वडाका ४२ वर्षिय निरज शाह, ४१ वर्षिय खगेन्द्र योगी, वडा नम्बर २ बस्ने ४० वर्षिय बुद्धी सापकोटा, ३७ वर्षिय नरेश रोकाया, ६३ वर्षिय मिन प्रसाद सिरिस र ४० वर्षिय मान बहादुर ऐरी तथा वडा नम्बर ४ का ५४ वर्षिय धिर्क बहादुर बम र ४० वर्षिय विजय चौधरी रहेको प्रहरीले जनाएको छ । प्रहरीले जुवाखालबाट ३१ हजार ३७० रुपैया नगद समेत फेला पारेको र सो विषयमा थप अनुसन्धान भैरहेको बताएको छ ।