बैतडी–परिवारसंगै बसेर दशैं मनाउने बैतडीको पुर्चौंडीका अम्मरबहादुर धामीको सपना अधुरै रहेको छ । पुर्चौंडी नगरपालिका –५ कुवाकाट खाँड घर भइ हाल भारतको पिथौरागढमा मजदुरी गर्दै आएका ३० बर्षीय धामी शुक्रबार महाकालीमा बेपत्ता भएपछि परिवारसंगै बसेर दशैं मनाउने उनको सपना अधुरै रहेको हो । गएको साउनमा रोजगारीका लागि भारतको पिथौरागढ पुगेका धामी शुक्रबारमात्रै दशैंका लागि घर फर्किरहेका थिए । बिहान भारतको झुलाघाटबाट घर आउँदैछु भनेर फोन गरेका धामी एकाएक महाकालीमा बेपत्ता भएपछि परिवारको विचल्ली भएको स्थानीय गणेश धामीले बताए ।
शुक्रबार बिहान ११ बजेतिर जिपमा सामान राखेर ओर्लिएका धामी एक्कासी लडेर महाकालीमा खसेका थिए । उर्लदो महाकालीमा खसेका धामी बेपत्ता भएका छन् । ब्तचथब जयकउष्तब
िघरका एक्ला छोरा धामी महाकालीमा बेपत्ता भएपछि उनका बुढेसकालका आमा–बुवा, श्रीमती र छोराछोरीको विचल्ली भएको स्थानीय गणेश धामीले बताए । चाडपर्वको मुखमा भएको यो घटनाले गाउँ नै शोकमग्न भएको छ । परिवारसंगै दशैं मनाउने भनेर घर फर्किरहेका धामी महाकालीमा बेपत्ता भएपछि उनकी श्रीमती होसमा छैनन् । गणेशले भने ‘हिजो बिहानै घरमा फोन गरेको रहेको छ । म आउँदैछु, साँझ घर पुगिहाल्छु भनेको रहेछ । तर यस्तो अप्रिय घटना भएपछि परिवारमा ठूलो ब्रजपात परेको छ ।’
महाकालीमा बेपत्ता भएका धामीको घरमा बुढेसकालमा आमा–बुवा, श्रीमती, एक छोरी र दुई छोरा रहेका छन् । घरको कमाउने मान्छे महाकालीमा बेपत्ता भएपछि परिवारलाई सम्हालिन गाह्रो भएको धामीले बताए । उनले भने ‘घरको अवस्था एकदमै नाजुक छ । उनका बुवा पनि बिरामी छन् । घरपरिवार सम्हाल्नै गाह्रो भएको छ ।’
परदेशबाट आउने छोराको मुख हेर्ने धोको पूरा नभएको भन्दै बुढेसकालका आमा–बुवा विक्षिप्त अवस्थामा रहेका छन् भने धामीकी श्रीमती अचेत अवस्थामा रहेकी छन् । भारतको पिथौरागढबाट गाउँकै अन्य मजदुरको घरमा समेत पैसा पुर्याइदिने भन्दै पैसा ल्याएका धामी आँफै महाकालीमा बेपत्ता भएका छन् । महाकालीमा बेपत्ता धामीको खोजीका लागि शुक्रबारदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।