काठमाडौं । सुदुरपश्चिम प्रदेशलाई ४–०ले हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको सुपर लिगमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सुदुरपश्चिमविरुद्ध खेलको २३औं मिनेटमा ममता रावतले गर्दै कोशीलाई अग्रता दिलाएकी हुन् । पहिलो हाफमा १ गोल मात्रै खाएको सुदुरपश्चिमले दोस्रो हाफमा २ गोल खायो । खेलको ५२औं मिनेटमा कोशीकी फर्वाड समिक्षा मगरले सुनिता सरकारको क्रसमा गोल गरिन् ।
त्यस्तै, खेलको ६४ औं मिनेटमा पूर्णिमा राईको पासमा सुदुरकी गोलरक्षक टिकेश्वरी अगाडी बढेको अवस्था व्याक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरेकी हुन् । ८४औं मिनेटमा कुश्मा राईले गोल गर्दै निर्णायक गोल गरिन् । उनले डि बक्स बाहिरबाट लङ रेन्जबाट गरेको प्रहार गोलपोष्टको माथिल्लो बारमा लाग्दै गोल भएको हो । एन्फा लिगको पहिलो चरणको अन्तिम खेलमा जित निकाल्दै कोशीले ९ खेलमा १४ अंक जोड्दै शीर्ष पाँचमा अटाएको छ ।
कोशीले ९ खेलमा ४ जित, २ बराबरी र ३ हार बेहोरेको छ । सुदुरपश्चिमले भने यो प्रतियोगिताभर १ अंक पनि जोड्न सकेन । सुदुरपश्चिमले ९ खेलमा ९ हारमा ६९ गोल खाएको छ भने ३ गोल फर्काएको छ ।