धनगढी: नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ । असोज ६ गते एक परिपत्र जारी गर्दै इन्चार्ज हेरफेर गरिएको हो । कञ्चनपुरमा टेकेन्द्र भट्ट, बाजुरामा कर्णबहादुर विश्वकर्मा (केशव) र बैतडीमा नरेन्द्रबहादुर कुँवर इन्चार्ज थिए । उनीहरू यथावत छन् । त्यस्तै पहिले कैलालीमा हरि ज्ञवाली इन्चार्ज भएकोमा अहिले उनलाई हटाएर नेपबहादुर चौधरीलाई जिम्मेवारी दिइएको छ।
डोटीमा शिव ओलीलाई हटाएर त्रिलोचन भट्टलाई जिम्मेवारी दिइएको छ भने डडेल्धुरामा जगत पार्कीलाई हटाएर कुन्ती जोशीलाई, अछाममा झपट साउदलाई हटाएर शरदसिंह भण्डारी, दार्चुलामा लक्ष्मी विकलाई हटाएर लक्ष्मणदत्त जोशी र बझाङमा मिनबहादुर कुँवरलाई जिम्मेवारी दिइएको छ ।