धनगढी । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आयोगको छैंटौं रणनीतिक योजना ९२०२१(२०२६०, मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजना ९२०७७र७८(२०८१(०८२० का बारे सञ्चारकर्मीसँग छलफल गरेको छ । राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आज आफ्नै कार्यालयमा सञ्चारकर्मीसँग समन्वय र सहकार्य सम्बन्धी छलफल कार्यक्रम गरेको हो।
सञ्चारकर्मीसँग गरेको खुला छलफलमा राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारकर्मीहरुले कसरी सहकार्य गरेर मानव अधिकारको लागि काम गर्न सकिन्छ भन्ने बारे छलफल गरिएको थियो । राष्ट्रिय मानव अधिकार आयोगको छैंटौं रणनीतिक योजनाको नारा “जीवन , मर्यादा, समानता र स्वतन्त्रताको अधिकार स् दिगो शान्ति र संवृद्धिको आधार ” भन्ने नारालाई सार्थक पार्नको लागि सञ्चारकर्मीहरुले खेल्न सक्ने भुमिकाको बारेमा चर्चा गरिएको थियो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उप(सचिव झंकर बहादुर रावलले राष्ट्रिय मानव अधिकार आयोगका छैंटौं रणनीतिक योजनाका ७ वटा रणनीतिक उद्देश्यहरु र १ सय ६ वटा कार्यक्रमलाई सफल पार्न सञ्चारकर्मीहरुले राष्ट्रिय मानव अधिकार आयोगलाई थप सशक्त बनाउनुपर्नेमा उहाँले जोड दिए।