काठमाण्डौं: नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले दशैंको समय यात्रुहरुको सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनका लागि टिम परिचालन गर्ने भएकोछ । यात्रुहरुको सहयोग तथा यातायात व्यवस्थापनका लागि परिचालन टिम नाम दिइएको उक्त टिमको संयोजना संगठनका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज नवराज घिमिरेलाई जिम्मा दिइएको छ ।
घटस्थापनादेखि सञ्चालन हुने उक्त स्वयमसेवी टिममा उपत्यकामा रहेका केन्द्रीय नेतृत्व बाग्मती प्रदेश कमिटी रः उपत्यकामा रहेका जिल्ला र इकाईका पदाधिकारीहरु रहनेछन् । टिमले प्रत्येक दिन ट्राफिक प्रहरीसंग समन्वय गरि यात्रु सहायता कक्षमा स्वमसेवी परिचालन गर्ने, यात्रुहरुको सहजताका लागि सहयोग गर्ने, खानेपानी लगायतको प्रवन्ध गर्ने लगायतको काम गर्ने संगठनले जनाएको छ ।