कञ्चनपुरः कञ्चनपुरमा साढे २ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले एक लाख ५७ हजार ५ सय, इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले ७० हजार ७ सय, इलाका प्रहरी कार्यालय बेल्डाडीले ५ हजार २ सय, प्रहरी चौकी पचुइले ५ हजार ९ सय र अस्थायी प्रहरी बिट मझगाउँले ६ हजार गरेर २ लाख ४५ हजार ३ सय मुल्यको अबैध सामान बरामद गरिएको हो।
सुट, कुर्ता, मलखाद, प्याज, एक थान मोटरसाइकल, मिठाई, सुर्ती, बिडी, चिनी, पेयपदार्थ, बिस्कुट र तेल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।